यस्तो लेखे आजका दैनिक पत्रिकाले (हेनुहोस् ४ पत्रिकाको पहिलो पृष्ठ)

गुगलपाटी संवाददाता
३ चैत्र २०७५ ०२:३०

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडा–७ स्थित कमानेमा कुखुरामा बर्डफ्लु भेटिएपछि आइतबारदेखि कुखुरा नष्ट गर्न सुरु गरिएको समाचार प्राथमिकताका साथ छापेका छन् ।

उक्त क्षेत्रमा ४१ हजार वटा कुखुरा नष्ट गर्नुपर्नेछ । रातभर पनि २१ ज्नाको प्राविधिक टोलीले कुखुरा मारेको छ । कुखुरा नष्ट गरिसक्न ३ दिखन लाग्ने बताइएको छ । आइतबार अबेरसम्म ११ हजार वटा कुखुरा नष्ट गरिएको बताइएको छ ।

त्यसैगरी ३ नम्बर प्रदेशका ५ स्थानीय तहमा अझै बैंक सेवा नपुगेको, होटलको छतबाट खस्दा एक युवकको मृत्यु, दुईसय ५० जनाको आखाको मोतिबिन्दुको अप्रेशन,, लोकसेवा र निजामति विधेयक ल्यान निर्देशन, मकवानपुर गोल्ःडकप फुटबलको तयारी तीव्रलगायतका समाचार प्राथमिकताका साथ छापिएका छन् ।

हेर्नुहोस्, ४ वटा दैनिक पत्रिकाको पहिलो पृष्ठ