गुगलपाटी संवाददाता काठमाडौँ
२९ माघ २०७५ ०७:२४

शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज मंगलबार दुई खेल हुने भएको छ । दिउँसो १२ः३० बजेदेखि शुरु खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछ ।

यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो । यस्तै बाँसबारी भने पुल्चोक स्पोटस् क्लबसँग पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा झम्सिखेल युथ र नयाँबस्ती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसोे ३ः३० बजे हुने खेलमा नयाँबस्ती पहिलो जितको खोजीमा हुनेछ ।

लिगको पहिलो खेलमा नयाँबस्ती आरसिटीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । झम्सिखेल भने लगातार दोस्रो जितको खोजिमा रहेको छ । झम्सिखेलले लिगको उद्घाटन खेलमा ब्वाइज युनियनलाई १–० ले पराजित गरेको थियो ।

लिगको विजेताले रु आठ लाख पाउने छ । उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन् । लिग रेलिगेशनबिनाको हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।