अस्थायी राजधानी स्थायी बनाउन तात्यो जनसरोकार केन्द्र

गुगलपाटी संवाददाता मकवानपुर,३१ बैशाख
३१ बैशाख २०७५ १२:३३

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडालाई नै बनाउनु पर्ने माग गर्दै जनसरोकार केन्द्र फेरि तातेको छ ।
उसले राष्ट्रपतिको कार्यालय सहित तीन प्रदेश सभामा प्रतितिनिधित्व गर्ने राजनितिक पार्टीहरुको केन्द्रिय कार्यालयमा ध्यानाकर्षण पत्र सहितको राजधानीको माग गरेको हो ।

तीन नम्बर प्रदेशको राजधानि हेटौंडा उपयुक्त छ भन्ने व्यानर र पम्प्लेट सहित को राष्ट्रपति कार्यालय, नेपाल मजदुर किशान पार्टीको कार्यालय,नेकपा माओबादी केन्द्रको को कार्यालय, हुदै नेकपा एमाले, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नया शक्ति पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका पार्टीको केन्द्रिय कार्यलयमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको केन्द्रका अध्यक्ष धुब्र चौलागाईले जानकारी दिए ।

सरकारले प्रदेश न्म्बर ३ को अस्थायी राजधानी हेटौंडालाई तोकेपछि यसैलाई स्थायी राजधानी बनाउनका लागि जनसरोकार केन्द्र जुटेको छ ।